श्रावण २७, २०८३ बुधबार August 12, 2026

बिना विज्ञापन मोबाइलको ब्याकग्राउन्डमा यसरी सुन्नुहोस् युट्युवका भिडिओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भिडिओ तथा अडियो सामग्रीका लागि युट्युव निकै प्रचलित छ । धेरैजसो प्रयोगकर्ताले यसका लागि युट्युवकै मोबाइल एप प्रयोग गर्छन् ।

तर युट्युव एपमा ब्याकग्राउन्ड अथवा स्क्रिन अफ हुँदा बजिरहेको भिडिओ तथा अडियो पनि रोकिन्छ । यस्तोमा केही प्रयोगकर्ताले थर्डपार्टी एपको सहारा लिइरहेका हुन्छन् । युट्युवमा आउने विज्ञापनको झन्झट त छँदैछ ।

तर यदि तपाईं युट्युवमा गीत सुन्न पारखी हुनुहुन्छ र ब्याकग्राउन्डमा  विज्ञापन बिनै युट्युवको आनन्द लिन चाहनुहुन्छ भने आज हामी तपाईंलाई सजिलो उपाय बताउँदै छौँ । त्यसो त ब्याकग्राउन्डमा युट्युव चलाउन गुगल क्रोम ब्राउजरमा रहेको डेस्कटप मोडको सहारा पनि लिन सकिन्छ । तर एउटा मोडबाट अर्को मोडमा गइरहने झन्झट र विज्ञापनको झमेलाले यो त्यति व्यवहारिक विकल्प होइन ।

विज्ञापन बिना ब्याकग्राउन्डमा युट्युव सुन्ने कसरी ?  

ब्रेभ पछिल्लो समय निकै रुचाइएको वेब ब्राउजर हो । अनलाइन विज्ञापन रोक्ने मात्र होइन, यो कुकिज र अनेक किसिमका ट्र्याकरलाई ब्लक गरी प्रयोगकर्ताको गोपनीयता कायम राख्ने कुराका लागि निकै परिचित छ ।

यो वेब ब्राउजरमा युट्युव खोल्दा डिफल्ट रूपमै त्यसमा आउने विज्ञापन ब्लक हुने गर्छन् । साथै कुकिज तथा ट्र्याकरलाई समेत यसले त्यसैगरी ब्लक गर्दछ ।

साथै यसको मोबाइल एपमा युट्युव तथा अन्य वेबसाइटका भिडिओ ब्याकग्राउन्डमा प्ले गर्न सकिने नयाँ फिचर समेत थपिएको छ । तर यो फिचर डिफल्ट रूपमा भने प्रयोग गर्न पाइँदैन  ।

यसका लागि आफ्नो मोबाइलमा ब्रेभ ब्राउजर राखिसकेपछि (यो ब्राउजर एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ) त्यसलाई खोल्नुहोस् । अब ब्राउजरको तल दायाँ कुनामा रहेको तीन थोप्ला भएको बटनमा थिच्नुहोस् र त्यसभित्र रहेको सेटिङमा प्रवेश गर्नुहोस् ।

त्यहाँ केही तल स्क्रोल गर्नुहोस् र ‘ब्याकग्राउन्ड भिडिओ प्लेब्याक’ अगाडिको टोगल (बटन) अन गर्नुहोस् । यति गरिसकेपछि तपाईंले ब्रेभ ब्राउजरमा युट्युव लगायतका भिडिओ प्ले गर्दा उक्त सामग्री ब्याकग्राउन्डमा समेत चलिरहन्छ ।

यसरी ब्याकग्राउन्डमा बजिरहेको म्युजिक तथा अडियो/भिडिओ मोबाइलको नोटिफिकेसन बारमा गएर फरवार्ड, ब्याकवार्ड र प्ले तथा पज गर्नुका साथै सोझै ब्राउजरमा पहुँच बनाउन पनि सकिन्छ  । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका ८ विकास परियोजनामा भारतको ८० करोड ३० लाख अनुदान सहयोग
२०८३ श्रावण २७, बुधबार
कालीगण्डकीको कटानले जोखिममा पुल
२०८३ श्रावण २७, बुधबार
आज बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ श्रावण २७, बुधबार
आज बुधबार : कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण २७, बुधबार
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार