काठमाण्डौंः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका थिए ।
सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को नामाकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताए ।
नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामाकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो ।
विगतको सरकारले संसद्मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिलेसम्म हुन नसकेको उनले बताए । नामाकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया