असोज १२, २०८३ सोमबार September 28, 2026

६४९ रूपैयाँमै सिजीनेटको ५० एमबीपीएस गतिको इन्टरनेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इन्टरनेट सेवाप्रदायक सिजीनेटले ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । यसअन्तर्गत मासिक ६४९ रूपैयाँमा ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।

कम्पनीका अनुसार यो प्याकेज एक महिना, ३ महिना, ६ महिना र एक वर्षका लागि उपलब्ध छ । एक महिने प्याकेज लिने ग्राहकलाई निःशुल्क जडान र ड्रप वायर वितरण गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै तीन महिनाको प्याकेजअन्तर्गत १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ भने ६ महिनाको शुल्क तीन हजार ८९४ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै वार्षिक ग्राहकले सात हजार ७८८ रुपैयाँमा यो प्याकेज खरिद गर्नसक्नेछन्, जसअन्तर्गत जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सकिने छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा यसै वर्षबाट इन्टरनेट सेवा सञ्चालनमा ल्याएकाे हो । सुरूवाती चरणमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिएको कम्पनीले हालैमात्र ५० एमबीपीएसको प्याकेज ल्याएको हो । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १२, सोमबार
शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न अख्तियारलाई कानुनी आधार
२०८३ असोज १२, सोमबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १२, सोमबार
आज सोमबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १२, सोमबार