असोज ११, २०८३ आइतबार September 27, 2026

कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको सङ्ख्यामा भक्तजनको भीड लागेको छ ।

मोदीखोला र कालीगण्डकी नदीको सङ्गममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, विश्वकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणी, गोपाङघाट, पुर्तिघाट, जैमिनीघाटलगायतका स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवा तथा भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु झक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ ।

कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा झक्तजन निराहार व्रतबसी स्नान गर्ने चलन छ । हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाले पनि आज कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरन टाँग्ने प्रचलन  छ ।

कालीगण्डकीमा तोरन टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजारौं दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा आज विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम, कालीगण्डकीका तोरण टाँग्ने र चौमास व्रत बसेकाको व्रत समापन गर्न विभिन्न जिल्लाबाट भक्तजनको भीड लागेको मोदीवेणी धाम व्यवस्थापन समितिले जनाएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
२०८३ असोज ११, आइतबार
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
२०८३ असोज ११, आइतबार
गणेश भगवानको दर्शन गर्दै, हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
२०८३ असोज ११, आइतबार
लगातारको वर्षाले अनन्ते मेला प्रभावित
२०८३ असोज ११, आइतबार
फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक
२०८३ असोज ११, आइतबार
विश्वमञ्चमा बालेनको सम्बोधन
२०८३ असोज ११, आइतबार
कांग्रेसको १५औँ महाधिवेशन : गगन थापाद्वारा १५ व्यवस्थापन समिति गठन, इतर समूहको छुट्टै तयारी
२०८३ असोज ११, आइतबार