श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् ।

आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने बाह्रबिसे नगरपालिका–५ का अध्यक्ष बेलबहादुर रोक्काले चेतावानी दिए ।

बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्ष मोहनलाल श्रेष्ठले आयोजनाले प्रभावितहरूसँग गरेको प्रतिबद्धता के कति कारण पूरा नगरेको हो पनि स्पष्टीकरण सोधिएको बताए । उनले प्रभावितका माग तत्काल पूरा गर्न पनि आयोजनालाई आग्रह गरे । यदि माग पूरा नगरी प्रभावितलाई बेवास्ता गरेमा थप कडा आन्दोलन गर्ने चेतावानी दिए ।

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनाका दोभाषेका रूपमा काम गर्दै आएका गोबिन्द पौडेलले आयोजनाभित्र मनपरी काम गरेको, कवाडी सामान अनधिकृत रूपमा बेचबिखन गर्दै आएको, चिनियाँ ठेकेदारसँग मिलेर भ्रष्टाचार गर्दै आएको, आयोजना र चिनियाँ ठेकेदारबीच द्वन्द्व मच्चाएको लगायतका आरोप लगाए। यस्ता धेरै गुनासो नगरपालिकामा उजुरी आएकाले उक्त समस्या समाधान गर्न हाइड्रोपावरलाई आग्रह गरे । यदि समस्या समाधान नगरेमा नगरपालिकाले हस्तक्षेप गरेर समाधानमा लाग्ने प्रमुख शेर्पाले चेतावनी दिए । – गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार