असोज ११, २०८३ आइतबार September 27, 2026

उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाण्डौंः डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात भएको छ। ग्लोबल आईएमई बैंक र उग्रतारा क्षेत्र विकास समितिको सहकार्यमा उक्त सेवाको सुरुवात गरिएको हो।

अब जुनुसुकै बैंकको मोबाइल बैंकिङ एप, ई-सेवा, आईएमई-पे, फोन-पे लगायतका डिजिटल माध्यमको प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट जो सुकैले पनि सजिलै उग्रतारा मन्दिरलाई दानदक्षिणा चढाउन सक्ने ग्लोबल आईएमई बैंक डडेल्धुरा शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए।

उनले बढ्दो प्रविधिको प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीतिलाई सफल पार्न यो प्रयास गरेको बताए।- न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया