श्रावण ६, २०८२ मंगलबार July 22, 2025

योगगुरु रामदेव र आचार्य बालकृष्णद्धारा बनेपास्थित योग भवनको उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णले काभ्रेको बनेपा योग भवनको उद्घाटन गर्नुभएको छ । बनेपा नगरपालिका वडा नं. ५ मा निर्माण गरेको पक्कि तीन तले भवनको उद्घाटन गनुभएको हो ।

भवनको उद्घाटन गर्नुहुँदै योगगुरु रामदेवले योगले आफ्नो जीवनले पुण्य मिल्ने बताउनुभयो । सो क्रममा उहाँले राजनीतिक धर्म अस्थायी भएको र योग धर्म स्थायी भएकाले योग धर्मले शान्ति, अहिंसा, प्रेम र करुणाको भाव दिने बताउनुभयो ।

आचार्य बालकृष्णले मान्छेले गरेको श्रद्धा र समपर्णलाई अरु कसैले भौतिक मुल्याङ्कन नगरेपनि आन्तरिक मुल्याङ्कन हुने बताउनुभयो ।

कोरोनाको समयमा नेपाल र भारतमा कुनै पनि संस्थाले सेवा र लाभ पुर्‍याएको छ भने पतंजली योग समितिले गरेको बताउँदै त्यो वेलामा गुर्जो र तुलसी बोकेर योग ज्ञानको बारेमा शिक्षा दिदै हिंडेको स्मरण गर्नुभयो ।

यसैबीच दुवै जनाले धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको अनुगमन गर्नुभएको छ ।

सो क्रममा त्यहाँका अध्ययनरत विद्यार्थीहरुले कजेल प्रशासनले विभिन्न बहानामा कलेज बन्द गर्ने र विश्वविद्यालयलाई कलेजले तिर्नुपर्ने रकम कलेज प्रशासनले नतिरेका कारण आफुहरुको परीक्षाको नतिजा समेत रोकिएको भन्दै कलेजलाई निर्वाद रुपमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग पत्र बुझाएको विद्यार्थीहरुले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार