असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपाका युवा नेता पाठकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणाः विजयी गराउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा युवा नेता जनकराज पाठकले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुनु एक दिन अगाडी पाठकले उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी निकट रहेका पाठक नुवाकोटबाट राप्रपाको प्रतिनिधित्व गर्छन् ।

राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउन सकिने बताउँदै आएका पाठक राप्रपाको स्थापनाकालदेखि नै सक्रिय व्यक्तित्व हुन् भने हाल उनी सहायक पार्टीको केन्द्रीय सदस्यका साथै महाधिवेशन प्रचारविभाग सदस्यको भूमिकामा रहेका छन् ।

पार्टीभित्र सबैसामु परिचित र प्रिय रहेका पाठकले कर्तव्यनिष्ठ र उर्जावान राप्रपा निर्माणका लागि भूमिका निर्वाह गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले राजसंस्था र हिन्दुराष्ट्रका लागि आफू अविचलित रुपमा उभिरहने भन्दै पार्टीको ऐतिहासिक एकता महाधिवेशनबाट केन्द्रीय सदस्य (खुल्लातर्फ) विजयी गराउन आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया