श्रावण ३, २०८२ शनिबार July 19, 2025

राजधानीमा पक्राउ परेका १ सय २२ चिनियाँलाई चीन फिर्ता पठाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका १ सय २२ जना चिनियाँ नागरिकलाई चीन फिर्ता पठाइएको छ ।

नेपालमा बसेर चीनविरुद्ध साइबर अपराध गरेको भन्दै नियन्त्रणमा लिएका उनीहरुलाई ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानबाट बुधबार चीन फर्काइएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरिय प्रहरी प्रहरी परिसर काठमाण्डौं मातहतका विभिन्न प्रहरी युनिटका हिरासतमा राखिएको थियो । अध्यागमन ऐन उल्लङ्घन गरे वापत चिनियाँ नागरिकलाइ दुई समूहका व्यक्तिलाई बेग्लाबेग्लै कारबाही गरेको थियो।

८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले गरिएको चिनियाँ नागरिकको सबै जरिवाना चिनियाँ दूतावासले मंगलबार नै तिरिसकेको छ ।

यस्तै, अध्यागमन ऐनको दफा १० (४) बमोजिम नियन्त्रण परेका चिनियाँ नागरिकलाई कम्तिमा चार वर्ष नेपाल प्रवेश गर्न निषेध पनि गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया