काठमाडौंः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ ।
हेटौंडामा हुने बागमती प्रदेश अधिवेशनमा नुवाकोटका लोकप्रिय नेता जगदीश नरसिंह केसीले प्रदेश सभापतिमा र काठमाण्डौंका चर्चित युवा नेता एवं नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले उपसभापतिमा दावी गरेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धनमार्फत के.सी र बस्नेतले चुनाव लड्ने तयारी गरेको बताइएको छ ।
कांग्रेस बृतमा चर्चीत रहेका नेताद्वय सफल एवं बिकाशप्रेमी नेताका रुपमा परिचित छन् । कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश अधिवेशनले सातवटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ ।
यस्तो छ प्रदेश निर्वाचन कार्यतालिकाः
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने कार्यतालिका छ ।
मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, मङ्सिर १७ गते साँझ ६ः३० मनोनयन फिर्ता लिने, मङ्सिर १७ गते साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुनेछ ।
कांग्रेसले प्रदेश अधिवेशन यही मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म तोकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया