काठमाण्डौः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले नमान्दा संविधान संशोधन हुन नसकेको बताएका छन्। ‘तपाईंहरूलाई थाहा छ, एमालेको केपी गुट जनजातिको विरोधी छ,दलित, महिला, मुस्लिमहरूको हक,अधिकार र पहिचानको विरोधी छ,उसैको कारणले संविधान संशोधन नै भएन’, बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै दाहालले भने।
उनले मधेसी जनता, दलित, जनजातिको हकहितको कुरालाई लिएर आफूले संविधान संशोधनको प्रस्ताव राख्दा ‘एमाले नामको केपी गुटले नमान्दा संशोधन हुन नसकेको’ उल्लेख गरे। दाहालले एमाले जनजाति, दलित,महिला र मुस्लिमको हकअधिकार र पहिचानको विरोधी रहेको आरोपसमेत लगाए।
दाहालले माओवादीले संघीयता छाड्यो भनेर भ्रम फैलाउने काम भएको समेत बताए। उनले भने, ‘मधेसमा अलि ठूलो भ्रम थियो,के भ्रम दिने कोसिस गरियो भने माओवादीले संघीयता छोड्यो।
जुन माओवादीले संघीयताको निम्ति हजारौंको बलिदान गर्यो, त्यसैलाई यस्तो झुटो आरोप लगाएर तथाकथित मधेसवादी पार्टी बनाएर अनि यिनीहरू हुन् मधेसको मुक्ति गर्ने भनेको जस्तो गरी, जो वास्तवमा मधेसी जनताको विरोधी,त्यहाँका मजदुर, किसान विरोधी, त्यहाँका, दलित, मुस्लिम विरोधी हुन्, तिनीहरूलाई मधेसको मसिहाजस्तो गरेर प्रस्तुत गर्ने कोसिस भयो।’नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया