काठमाण्डौः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको नेतृत्वका लागि आज शनिबार मतदान हुँदैछ। प्रदेश राजधानी हेटौँडामा हुने मतदानका लागि प्रदेशभरका २१ सय ३७ जना प्रतिनिधि सहभागी हुनेछन्।
प्रदेश सभापतिका लागि हेटौँडाका इन्द्र बानियाँ, नुवाकोटका जगदिश्वर नरसिहं केसी र काठमाडौँका भिमसेनदान प्रधानले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए। मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ।
बानियाँको समूहको उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली,सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्। त्यस्तै केसी प्यानल समूहबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कन्चनचन्द्र बादे, रामचन्द्र अर्याल(बादे), सहमहामन्त्रीमा जीवन डंगोल, ऋषिराम घिमिरे, बीरबहादुर तामाङले उम्मेदवारी दिएका छन्।
त्यस्तै प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी,सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन्। नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया