असार २५, २०८२ बुधबार July 9, 2025

राज्यको पुनःसंरचना जातीय आधारमा हुनुपर्छ : डा. बाबुराम भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यको पुनःसंरचना जातीय आधारमा हुनुपर्ने अडान दोहोर्याएका छन् ।

शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा डा. भट्टराईले पटक पटक आफूले राज्यको पुनःसंरचना जातीय आधारमा हुनुपर्ने बताउँदै आएको स्मरण गर्दै पुनः त्यहीँ कुरा दोहोर्याए ।

डा. भट्टराईले यो अडान नछाड्ने र यस मुद्धालाई स्थापित गर्न लागि पर्ने पनि बताए । अहिले यस विषयलाई संसदबाट अनुमोदन गराउनका लागि दुई तिहाई नपुग्ने भएकाले आगामी निर्वाचनको परिणामपछि आफ्ना मुद्दालार्इ स्थापित गर्न लागि पर्ने उनले बताए ।

डा. भट्टराईले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मुर्खताका कारण मुलुकको संघीयता खतरामा परेको आरोप लगाएका छन् ।

संघीयता खतरामा परेपछि गठबन्धन एकजुट भई अघि बढेको पनि स्पष्ट पारे । साथै, डा. भट्टराईले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने पनि बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया