असोज १२, २०८३ सोमबार September 28, 2026

रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटन तःबहाल लगिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्मती राखिने चलनानुसार दिउँसो तःबहाल ल्याउन लागिएको हो ।

यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहानको साइतअनुसार साङ्केतिक रुपमा भगवान्लाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइनेछ ।”

मच्छिन्द्रनाथलाई पाटन ल्याउन आफूहरुले चार दिनअघिदेखि एक छाक चोखो खाना खानाका साथै आवश्यक नियम पालन गरेर बसिरहेको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पाटन ल्याउनु केही दिनअघि भैरवनाथ अनि कुमारीका साथै मच्छिन्द्रनाथको समेत पूजा गरिसकेका छाँै ।” यसैगरी चार दिनअघि मच्छिन्द्रनाथको रङरोहण तथा होम र बलि पूजासमेत गरेको बज्राचार्यले जानकारी गराउनुभयो ।

दिउँसो गुठी संस्थानका कर्मचारी बुङ्मती आएर पूजापाठ गर्ने र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १२, सोमबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १२, सोमबार
आज सोमबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १२, सोमबार
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार