श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ । दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो ।

सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम तथा डोटीसँगै कर्णाली क्षेत्रका केही जिल्लाको मौलिक संस्कृति र प्रमुख पर्व हो भुवाँपर्व अर्थात् भस्सो खेल्ने चलन छ ।

झण्डै पाँचदेखि सात दिनसम्म खेलिने यहाँका नागरिकले भुवाँ खेल खेल्ने गरेको सिलगढी –५ का वडाध्यक्ष मदन भण्डारीले जानकारी दिए । उहाँका अनुसार परापूर्वकालदेखि अर्थात् डोटी राजाका पालादेखि उक्त भुवाँ खेल (नाच) सुरु गरिएको हो । आफ्नै लय र भाकामा पञ्चेबाजाका साथमा नाचिने हतियारधारी समूहको ठूलो सामूहिक खेललाई नै यहाँ भुवाँ खेल भनिने गरेको स्थानी बूढापाका बताउँछन् । कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठवटासम्म भुवाँ खेल ९नाच० खेल्ने गरिन्छ ।

परापूर्वकालका राजाका सैनिकले तालिमस्वरुप खेल्ने तथा युद्ध मैदानमा दुश्मनसँग कसरी लड्ने र विजयी हासिल गर्ने भन्ने कला त्यस नाचमा देखाइने गरेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीयवासी अनिल भण्डारीले बताए । उनले भने, “पुरानो युद्धकला र त्यसको जर्गेना गर्ने उद्देश्यले यो नाच खेलिन्छ, युद्धमा आफू कसरी बच्ने र दुश्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनकता नै बेग्लै हुन्छ ।” हातहातमा नाङ्गो तरबार बोकी खेलाडीले पुरानो राजाको पालाका पोशाक पहिरिइ पङ्क्तिबद्ध तरिकाले यो भुवाँ खेल खेल्ने गर्दछन् ।

विजयादशमीको दिन सिलगढीको कालढुङ्गा भन्ने ठाउँमा उराउबाजा बजाएपछि यो खेलको सुरु हुने भए पनि यहाँका स्थानीयवासीले मङ्सिरको तेस्रो सातामा मात्र आएर खेलको सुरुआत गर्ने गरेको अर्का स्थानीय किरण भण्डारीले बताए। उनले भने, “उराउ बाजा बजाएपछि खेल हुनेबारे निश्चित हुन्छ तर स्थानीयवासीको फुर्सद र खेतीपातीको काम सकिएपछि मात्रै यो खेल सुरु हुन्छ ।” पाँच दिनसम्म लगातार खेल्ने भुवाँ खेल डोटीलगायत यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाममा समेत खेल्ने गरिन्छ ।

दिनमा नाङ्गो तरबारले भुवाँ खेल्ने तथा रातिका समयमा सुदूरपश्चिमेली डेउडा तथा परापूर्वकालका राजा रजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन् । बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनानुसार सुस्त गतिबाट भुवाँ खेल खेल्ने गरिन्छ । पाँच दिनका अवधिमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्वराणाकालीन दरबार डोटी गौडमा समेत यो नाच देखाई छैटौँ दिनमा कालढुङ्गामा नै गएर यो नाचको विर्सजन हुने गरेको दिपायलका स्थानीय गणेशबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो । यस खेलमा दुई खेलाडीले हातमा नाङ्गो तरबार समातेर नाच्दानाच्दै एकअर्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्दछन् । भुवाँ डेउडामा सबै खेलाडी सामेल हुने भए पनि ‘घाँ’ नाचमा भने सबैलाई समावेश गरिँदैन । यस खेलमा चोटपटक लाग्न सक्ने भएकाले ‘घाँ’ नाच खेल्नमा पोख्त भएकाहरुलाई मात्रै खेलमा खेल्न दिने नियम छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार