असार २५, २०८२ बुधबार July 9, 2025

पूर्वमन्त्री थापाद्धारा काँग्रेस सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सम्मुखमा आईरहेका बेला नेताहरुले आ आफ्नो उम्मेदवारी र दावेदारी प्रस्तुत गर्न थालेका छन् ।

अध्यक्ष, महामन्त्री तथा सहमहामन्त्रीमा अधिकाँश नेताहरुको रुची देखिएको छ ।  हाल सहमहामन्त्री रहेका नेता सुनिल थापाले पनि आज सोही पदमा उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका नेता थापाले सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

कांग्रेसको विधानमा महिला, दलित, आदिवासी–जनजाति, मुस्लिम, थारू, मधेसी, खस–आर्य र पिछडिएको क्षेत्रबाट ८ जना सहमहामन्त्रीको व्यवस्था छ । तेस्रो पुस्तालाई व्यवस्थापन गर्नका लागि यस संख्यालाई देउवाले बढाउन खोजेका थिए ।

कांग्रेस विधानमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ जना सहमहामन्त्री र एक जना कोषाध्यक्ष (मनोनीत) गरी १४ जना पदाधिकारी र केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट एक–एक महिलासहित २१ जना चयन हुने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया