असार २५, २०८२ बुधबार July 9, 2025

काँग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो : सहमहामन्त्री डा. महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा. महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको हो । “लोकतान्त्रिक मूल्य मान्यतालाई कांग्रेसले जीवनपद्धतीका रुपमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

सहमहामन्त्री डा. महतले जनताको हक अधिकारका लागि लडेको पार्टीको १४औँ महाधिवेशनले नयाँ ऊर्जा कांग्रेसलाई दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

अर्को सहमहामन्त्री सुनिलबहादुर थापाले समृद्ध नेपाल काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर काँग्रेस प्रवेश गरेको बताउनुभयो । “काँग्रेसको चारतारे झण्डामुनी बसेर समाजवाद खोज्न म काँग्रेस भएको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले मुलुकमा हुन लागेको तीनै तहको निर्वाचनमा काँग्रेसलाई सुविधाजनक बहुमत दिलाउनका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । राजधानी काठमाडौँबाट फर्केलगत्तै गाउँगाउँमा पुगेर कांग्रेस बलियो बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया