असार २४, २०८२ मंगलबार July 8, 2025

अध्यादेश मार्फत् ल्याइएका दुई कानुन प्रदेश सभा सचिवालय पठाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश-२ सरकारले अध्यादेशमार्फत् ल्याएको दुईवटा विद्येयक प्रदेश सभा सचिवालयमा पठाएको छ । कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय सम्बन्धी विद्येयक प्रदेश सभा सचिवालयमा सोमबार पठाएको छ ।

लामो समयदेखि प्रदेश सभा नचलेको अवस्थामा प्रदेश सरकारले अध्यादेश मार्फत् सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र विरगञ्जमा प्राविधिक विश्वविद्यालय सञ्चालन सम्बन्धी अध्यादेश ल्याएको थियो । प्रदेश सभाको बैठक २९ गतेलाई आह्वान भएसँगै प्रदेश सरकारले उक्त अध्यादेशलाई प्रदेश सभा सचिवालयमा पठाएको हो ।

अध्यादेश जारी भएपछि प्रदेश सभाको पहिलो बैठकमै उक्त अध्यादेश टेबुल गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अध्यादेश मार्फत् ल्याइएको कानुन प्रदेश सभाबाट पारित भएमा ६ महिनासम्म मात्रै उक्त कानुन कार्यान्वय रहने छ । सरकारलाई उक्त कानुनलाई दीर्घकालिन रुपमा लागू गराउन प्रतिस्थान विद्येयक प्रदेश सभाबाट पारित गराउनुपर्ने प्रवधान रहेको छ ।

त्यसैगरि, प्रदेश सरकारले अध्यादेशबाट ल्याएको उक्त विद्येयक सभाबाट पारित नभएको खण्डमा ७ दिन भित्रै उक्त कानुन स्वत: खारेज हुने कानुनी प्रवधान रहेको प्रदेश सभा सचिवालय सचिव रंजित यादवले बताए । प्रदेश सरकारले कृषि विश्वविद्यालयको लागि उपकुलपति समेत नियुक्त गरिसकेको छ ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार