श्रावण ३, २०८२ शनिबार July 19, 2025

विप्लवका कार्यकर्ताद्धारा जिएमआरको कार्यालयमा बम बिस्पोटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शुक्रबार साँझ अछामबाट आएका प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको प्रहरीले जनाएको छ।
अछामको तुर्माखाद गाउँपालिकाबाट गएको प्रतिवन्धित विप्लवका कार्यकर्ताहरूको समुहले दैलेखको आठबिस नगरपालिका वडा नम्बर २ मा रहेको जिएमआरको कार्यालयमा बम प्रहार गरेको बताइएकाे छ । बम विष्फोटनको उक्त पार्टीले जिम्मेवारी समेत लिएको छ ।

उक्त पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्लले थाहा खबरसँगको टेलिफोन संवादमा घटना आफ्नो तर्फबाट भएको बताएका छन्। उनले उक्त आयोजना राष्ट्रकाे हितमा नरहेको भन्दै बम प्रहार गरेको बताएका हुन्।

घटनाबारे अछाम प्रहरी प्रमुख डिएसपी दिपक भारतीले जानकारी आएको र घटनाबारे थप साेधिखाेजी भएकाे बताएका छन् । घटनाकाे विस्तृत विवरण आउन बाकी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया