असार २५, २०८२ बुधबार July 9, 2025

भोलि स्वयम विप्लव पनि आउनुपर्छ : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई पार्टी आउन ढिलाई नगर्न आग्रह गरेका छन् ।
विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की लगायतलाई नेकपा प्रवेश गराउँदै उनले अरु नेताहरुलाई आउन आग्रह गरेका हुन् । ‘भोलि स्वयम विप्लव पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन’ पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘मलाई भरोसा छ, एक दिन उहाँपनि यसैगरी आउने ठाउँमा पुग्छ ।’

सानोसानो चुलो चौकी राखेर बसेका अरु कम्युनिस्ट पार्टीका नेताहरुलाई पनि उनले एकठाउँमा आउन आग्रह गरेका छन । देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था छ’ उनले भने ।
उनले अघि भने, ‘गरिहाले हिँडिहाले भनेर आफैंलाई, अनि देशलाई हानी पुर्‍याउने काम नगरीकन छिटो जोडिन आउन अरु साथीहरुलाई पनि अपिल गर्न चाहन्छु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार