श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा इन्टरनेट महँगो हुनुको कारण यस्तो छ, कसरी घटाउने शुल्क ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट अत्यावश्यक आवश्यकता भइसकेको छ । दैनिकी इन्टरनेटसँग जोडिँदै गएको विषयलाई आत्मसाथ गर्दै सरकारले पनि यसलाई अत्यावश्यक सेवाको सूचीमा राखिसकेको छ ।

सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखे पनि महँगो मूल्य तिरेर इन्टरनेट चलाउनु पर्ने वाध्यता कायमै छ ।

सेवा प्रदायकले पछिल्लो समय आफ्नै स्रोत साधनमा इन्टरनेट सेवा विस्तार गरिरहेकै छन् । इन्टरनेट विस्तारसँगै इन्टरनेटको गति र मूल्यमा निकै परिवर्तन आएको छ । तर, पनि यो अझै नेपालका धरै जनसंख्या क्रयशक्ति भन्दा बाहिरको विषय हो ।

त्यसका लागि सरकार तथा निजी क्षेत्र दुवैको सहकार्य र सहजीकरण आवश्यक छ । जसले भोलिका दिनमा नेपालको इन्टरनेटलाई सस्तो बनाउन मद्दत पुर्‍याउने छ । त्यसैले यहाँ नेपालमा इन्टरनेट महंगो हुनका मुख्य पाँच कारणहरूलाई केलाउँदै छौं ।

अन्तराष्ट्रिय नेटवर्क 

अन्तराष्ट्रिय ब्याण्डविथ नेपालको लागि सबैभन्दा चुनौतीको विषय हो । हाल नेपालमा भारतका दुई कम्पनी टाटा र एयरटेलमार्फत अन्तराष्ट्रिय इन्टरनेट ब्याण्डविथ भित्रिरहेको छ । चीनबाट नेपाल टेलिकमले इन्टरनेट भित्र्याएको भए तापनि परिमाण नगण्य छ । भारतका यी दुई कम्पनीको वर्चस्वका कारण पनि नेपालको इन्टरनेट महँगो हुन पुगेको दूरसञ्चार विज्ञ आनन्दराज खनाल बताउँछन् ।

कुनै सेवा प्रदायक आफैँले कम्पनीहरूसँग सम्झौता गरेर ब्याण्डविथ ल्याएको अवस्था छ । कुनै कम्पनीले धेरै ल्याउँदा सस्तोमा र कुनै कम्पनीले थोरै ल्याउँदा महङ्गोमा ब्याण्डविथ ल्याएका छन् । यस्तोमा एउटै कम्पनीले सस्तोमा धेरै ब्याण्डविथ ल्याएर अन्य कम्पनीले सोही कम्पनीबाट नेपालमै लिने हो भने पनि केही सस्तो पर्न जान्छ । त्यो भन्दा पनि महत्वपूर्ण सरकार आफैले भूमिका निर्वाह गर्न आवश्यक रहेको खनाल बताउँछन् ।

भन्छन्, ‘सरकारकाबीचमा सम्झौता गरेर ओपीजीडब्लुमार्फत ब्याण्डविथ ल्याउने हो भने पनि निकै सस्तो पर्न जान्छ । अर्को सरकारले समुद्र सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने प्रक्रियालाई अघि बढाउन सकेको खण्डमा पनि सहुलियत दरमा अन्तराष्ट्रिय ब्याण्डविथ भित्र्याउन सकिन्छ ।’

राष्ट्रिय पूर्वाधार

पूर्वाधार इन्टरनेटको मेरुदण्ड नै हो । एउटै कम्पनीले पूर्वाधार विस्तार गर्नेदेखि इन्टरनेट दिनुपर्ने सम्मको काम गर्दा दोहोरो लगानी भइरहेको छ । त्यसैले छुट्टै पूर्वाधार कम्पनीको आवश्यक छ । जसले पूर्वाधार निर्माण गर्ने मात्रै काम गर्छ । सोही कम्पनीको पूर्वाधारमार्फत सबै सेवा प्रदायकले सेवा दिन सक्छन् । यसले सेवा प्रदायकको मर्मत सम्भार तथा पूर्वाधारमा हुँदै आएको लागत कम हुनेछ ।

नेपाल भित्रिने इन्टरनेटको हकमा विद्युत प्राधिकरणको पूर्वाधार प्रयोग गर्न सक्ने राम्रो विकल्प  छ । प्राधिकरणले आफुखूशी बढाएको पोल भाडाका कारण यो विषय तत्काल समाधान हुने देखिन्न ।

प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सहुलियत दर तोक्ने र ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित परियोजनाका साथै अन्य नेटवर्कमा प्राधिकरणले हस्तक्षप गरी सहुलियत दरमा सहप्रयोगको वातावरण सिर्जना गरे दोहोरो लागत कम हुने र इन्टरनेटको मूल्य कम हुने अवस्था रहने खनाल बताउँछन् ।

कर

इन्टरनेट महँगो हुनुको अर्को कारण कर पनि हो । इन्टरनेट सेवामा सरकारले सुर्तिजन्य तथा मदिराजन्य वस्तुमा भन्दा चर्को कर लगाइ रहेको छ । जसको असर इन्टरनेटको मूल्यमा परिरहेको छ । इन्टरनेटमा मदिरा र सुर्तीजन्य उद्योग सरह ३० प्रतिशत कर्पोरेट कर लाग्ने व्यवस्था छ ।

यसका साथै दूरसञ्चार सेवा शुल्कमा १३ प्रतिशत (मर्मत शुल्कमा बाहेक), ब्याण्डविथको शुल्क भुक्तानीमा १० प्रतिशत टीडीएस, रोयल्टी आम्दानीको ४ प्रतिशत र ग्रामीण दूरसञ्चार विकास कोषमा आम्दानीकै २ प्रतिशत बुझाउनुपर्ने प्रावधान राखिएको छ । यसका साथै १३ प्रतिशत भ्याट समेत यसमा जोडिन्छ ।

सरकारलाई इन्टरनेट सेवा वापत चर्को कर बुझाउनुपर्ने अवस्था छ ।

सहुलियत अभाव

इन्टरनेटको मूल्य कम गर्ने हो भने सरकारी सहुलियत र सहयोग सबैभन्दा महत्वपूर्ण हुने खनाल बताउँछन् । सरकारले नीतिगत रुपमा नै सेवा प्रदायकलाई सहुलियतको व्यवस्था गर्न आवश्यक छ ।

उपलब्ध फ्रिक्वेन्सी सेवा प्रदायकलाई उपलब्ध गराउनुको सट्टा सरकारले त्यसै राखिरहेको छ । सरकारले कर घटाएर पूर्वाधार विस्तारमा सहजीकरण गर्नुपर्ने खनालको राय छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार