श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मध्यपुरथिमिमा आज साँझदेखि नवदुर्गा नाच सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आज साँझदेखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

उनले भने, “थिमि सांस्कृतिक सहर हो, धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ वर्षसम्म बन्द हुँदा मेरै पहलमा दुई वर्ष अगाडि पुनः सञ्चालन भएको थियो, गतवर्ष कोरोनाका कारण नाच प्रदर्शन हुन पाएन, यसवर्ष योमरी पून्ही अर्थात् आजदेखि आठ दिनसम्म मध्यपुरथिमिको टोल–टोलमा नवदुर्गा नाच हुनेछ, त्यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गरेको छ ।”

मध्यपुरथिमिको दिगु टोलबाट सुुरु भएको यो नाच आज रातभर यहीँ रहने छ । यहाँका बासिन्दाले नाच हेर्नुका साथै नवदुर्गाको पूजा गरेका छन् । नाच आठ दिनसम्म बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायत टोलटोलमा गएर प्रदर्शन गरिने भएको छ । मध्यपुरथिमिमा दुई दशक लामो समय सञ्चालनमा रहेको नवदुर्गा नाच सुरक्षाका कारणले ११ वर्ष बन्द भए पनि निर्वाचित जनप्रतिनिधि आएपछि २०७५ सालदेखि पुनः सञ्चालनमा आएको थियो ।

नगरपालिकाका प्रमुख श्रेष्ठले भने, “नगरपालिकाले मध्यपुरथिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यसलाई रोक्नु हुँदैन भन्ने लागेर नगरपालिकाकै पहलमा आवश्यक सहयोग, खर्च र सुरक्षाको व्यवस्था गर्दै नाच सञ्चालनमा ल्याएका हौँ ।” नवदुर्गा नाच मध्यपुरथिमिको टोल–टोलमा नाचिने भएको छ भने स्थानीयवासीले श्रद्धा र भक्तिपूर्वक नवदुर्गाको पूजा गर्ने र नाच हेर्ने गर्दछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार