श्रावण ४, २०८२ आइतबार July 20, 2025

ट्रायल पास गरेका सबैले माघसम्म स्मार्ट लाइसेन्स पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ट्रायल पास गरेका चार लाखभन्दा बढी सेवाग्राहीले माघ महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स पाउने भएका छन् । आजदेखि स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको यातायात व्यवस्था विभागले ट्रायल पास गरेर बसेका सेवाग्राहीलाई माघभित्रै लाइसेन्स प्रदान गर्ने भएको हो ।

‘कार्ड आपूर्ति नभएका कारण छपाई गरेर वितरण गर्न समस्या भइरहेको थियो । हामीलाई १४ लाख कार्ड प्राप्त भएको छ । अब काम धमाधम सुरु हुन्छ’, विभागका महानिर्देशक नमराज घिमिरेले भने ।

स्मार्ट लाइसेन्सको कार्यन्वयनका लागि कार्ड रिडरको पनि अब कुनै समस्या नरहेको उनले बताए । आएको १४ लाख कार्डको छपाई सक्ने बेला सम्ममा स्मार्ट लाइसेन्सको उपलब्धतालाई कसरी थप सहज बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

‘अब कार्ड छपाईंको समस्याले लाइसेन्स वितरणमा कुनै समस्या आउनेछैन,’ उनले भने ।

त्यस्तै रसिदको समस्या समाधान गर्न क्यूआर कोडसहितको एक वर्षे परीक्षणकालीन लाइसेन्सको कार्यन्वयन पनि राम्रोसँग भइरहेको उनले बताए ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार