असार २४, २०८२ मंगलबार July 8, 2025

कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा (एस) : अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनको मूलधार नै भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट पार्टीसंस्थागत गर्ने क्रममा आफूले विसं २०३२ मा कोर्डिनेशन केन्द्र, विसं २०३५ मा माले, विसं २०४७ मा एमाले र अहिले एकीकृत समाजवादी गठन गर्दासम्म संस्थापन भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

उहाँले पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपछि जनाधिकारका लागि लामो सङ्घर्षपूर्ण यात्रा भएको स्मरण गर्नुभयो । मुलुकको राष्ट्रिय स्वाधीनतालाई माथि उठाउन तथा लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न आफूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउँदै उहाँले जनताको समस्या उनीहरुले भोग्नुपरेको पिर मर्कालाई केन्द्रमा राखेर कार्य गर्न समाजवादी चिन्तनको खाँचो औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ भएको प्रष्ट पार्दै उनीहरुको जनजीविकालाई सहज बनाउने र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषय नै ‘जनतादेखि जनतासम्म’को योजना भएको बताउनुभयो ।

पार्टीका महासचिव बेदुराम भुसालले समान विचार भएका बामपन्थी शक्तिलाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणको अभियानमा आफू अगाडि बढेको विचार व्यक्त गर्नुभयो । परिषद््का संयोजक साध्यबहादुर भण्डारीले उक्त पार्टीको घोषणपत्र वैज्ञानिक भएकाले आफू एकीकृत भएर जनअधिकारका साथै कल्याणकारी राज्य निर्माणमा योगदान गर्न चाहेको बताउनुभयो । नेता गङ्गालाल तुलाधरले मुलुकमा वैदेशिक शक्तिको बढदो हस्तक्षेपले अहिलेको अस्थिरता आएको अवस्थामा बामपन्थीको एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार