श्रावण ४, २०८२ आइतबार July 20, 2025

महिलालाई आत्मनिर्भर बनाउन दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महिलालाई आत्म निर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले धादिङको सिद्धलेक गाउँपालिकाले दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ ।

जिल्लाको सिद्धलेक गाउँपालिका वडा न ४ मा रहेको चक्रकाली आमा समूहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको हो ।

दुना टपरी बनाउने मेसिन सहयोगले आमा समूहलाई आत्मनिर्भर बनाउनुको साथै आयआर्जनमा समेत सघाउ पुग्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको भनाई छ ।

यस किसिमको सहयोगले वनमा खेर गइरहेको पातको प्रयोगबाट दुना–टपरी उत्पादन गरी महिलाहरूलाई उद्यमशील बनाउन सहयोग पुग्ने छ । दिउँसो बस्तुभाउ चराउन जंगल जाँदाको समय व्यवस्थापन गर्न सकिए सजिलै आयआर्जनमा टेवा पुग्ने छ ।

उद्योगबाट उत्पादित दुना टपरीहरू जिल्ला भित्र र जिल्ला बाहिर समेत बजारमा विक्री गर्न सकिने बताइएको छ । महिला सशक्तीकरण र महिला हिंसा रोक्नको लागि महिलाहरूलाई आर्थिकसँग जोड्नुपर्ने भन्दै गाउँपालिकाको आयआर्जन र सिप मूलक कार्यक्रम मध्ये दुना–टपरी एक कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष कमला शर्माका भनाई छ ।

उक्त मेसिनबाट उत्पादन गरिएको दुना–टपरी पूजा, विवाह ,छेवार लगायत ठुला मेला महोत्सव र पर्वमा प्रयोगमा आउनेछ । उत्पादनमा निरन्तरता दिन सके लोभ हुन लागिएको दुना टपरीको संरक्षणमा समेत टेवा पुग्ने स्थानीयको बुझाई छ । -न्यूज कारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार