श्रावण ४, २०८२ आइतबार July 20, 2025

ब्ल्याकबेरी मोबाइल भोली मंगलबारदेखि सधैंका लागि बन्द हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कुनै समयमा मोबाइल बजारमा राज गरेको ब्ल्याकबेरी अब सधैंका लागि बन्द हुने भएको छ । हुन त योभन्दा अगाडि पनि यो कम्पनी बन्द हुने विषयमा धेरै चर्चा चलेको थियो । तर योपटक भने साँच्चै सधैंका लागि बन्द हुँदैछ ।

कम्पनीले एक सूचना जारी गर्दै जनवरी ४ देखि ब्ल्याकबेरी ७.१ सफ्टवेयरमा आधारित कुनै पनि फोन, ट्याब्लेटहरू चल्ने छैनन् । वाई-फाई वा डेटा वा सिम नै भएपनि ब्ल्याकबेरीका कुनै पनि उत्पादन अब चल्ने छैनन् ।

हुन त नेपाली बजारमा यसको प्रयोग त्यति भएको छैन र कमै प्रयोगकर्ताले यो फोन प्रयोग गरिरहेको हुनसक्छ । यदि ब्ल्याकबेरीको आफ्नै सफ्टवेयरबाट सञ्चालित फोन तपाईंले बोकिरहनु भएको छ भने अब भने तपाईंले फोन परिवर्तन गर्ने बेला आएको छ ।

यद्यपि एन्ड्रोइड अपरेटिङ सिस्टम भएको ब्ल्याकबेरी फोन भने चल्ने बताइएको छ ।

सन् २००० को अन्त्यसँगै ब्ल्यकबेरीको बजारमा पनि खस्किँदै गएको थियो । समयसँगै यसले आफ्नो डिजाइन लगायत अन्य फिचरलाई परिवर्तन गर्न नसक्दा यो फोनले बजार पाउन सकेको थिएन । यद्यपि सन् २०१३ मा कम्पनीले नयाँ अपरेटिङ सिस्टमसहित फोनलाई अपग्रेड गर्ने प्रयास गर्दै ब्ल्याकबेरी १० बजारमा ल्याएको थियो ।

तर प्रयोगकर्ताले यसलाई त्यति मन पराएनन् । त्यसपछि सन् २०१६ मा थर्ड पार्टी कम्पनी टीसीएलसँग मिलेर ब्ल्याकबेरीले बजारमा नयाँ फोन ल्याउने प्रयास पनि सफल हुन सकेन ।

सन् २०२० मा अनवार्ड मोबिलिटी नामक कम्पनीसँग मिलेर फाइभजी ब्ल्याकबेरी ल्याउने कुरा पनि छलफलमा नै सीमित भएपछि अब भने यो ब्राण्ड सधैंका लागि बन्द हुँदैछ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार