श्रावण ६, २०८२ मंगलबार July 22, 2025

हलेसी मन्दिरमा १८ दिनमा ३ लाख ८१ हजार भेटी संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १८ दिनमा तीन लाख ८१ हजार भेटी संकलन भएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीबाट गत २३ मंसिरदेखि ११ पुससम्ममा ३ लाख ८१ हजार ५९० रुपैयाँ भेटी आम्दानी भएको हो ।

स्वदेश तथा विदेशबाट आएका दर्शनार्थी एवं पर्यटकबाट हलेसी महादेव मन्दिरभित्रको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ६६५ र मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४७ हजार ९२६ रुपैयाँ भेटी संकलन भएको हो ।

यस अवधिमा हलेसीबाट भएका आम्दानीमध्ये ३ लाख ६२ हजार ८६३ रुपैयाँ खर्च गरेर बाँकी रहेको १८ हजार ७२७ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा रहेको हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिएका छन् ।

संकलन भएको अधिकांश आम्दानीलाई विद्युत्, पिउने पानी, इलाका प्रहरी कार्यालय हलेसीको ना १ झ १३२९ नम्बरको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर, गणेश मन्दिर, ट्राफिकचोकमा निर्माण गरिएको मन्दिर प्रवेश द्वार रंगरोगन तथा लेखन, भेटी गणना, अतिथि, खाजा खर्च लगायतमा खर्च गरिएको छ ।

यस अवधिमा दर्शनार्थीले भारु ६ हजार ६० रुपैयाँ र चाँदी २३.६ ग्राम चढाइएको हलेसी सूचना केन्द्रले जनाएको छ । हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार