श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको भीड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्दा साँघुरो सडकका कारण यात्रु घण्टौँ जाममा यात्रा गर्न बाध्य भएका छन्। गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको भीडका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।

यो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ। विभिन्न विद्यालय एवं क्याम्पसका सवारी पनि नेपाल मेडिकल कलेज भन्दामाथि जान लामो लाममा बस्नुपरेको छ। सवारी जामका कारण क्याम्पस जान समस्या भएको टाइम्स कलेज डिल्लीबजारमा अध्ययनरत कक्षा १२ की विद्यार्थी स्वस्तिका गौतमले गुनासो गरिन् ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने यो भीडबाट यात्रुलाई सहजरुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्र पर्ने सडक खोल्न गोकर्णेश्वर नगरपालिकाले माग गर्दै आएको छ। जङ्गलको पर्खालसँगैको यो सडक पर्खाल थोरै माथि सारेपछि प्रयोग गर्न सकिने अवस्था छ। पर्खाल ठाउँठाउँमा भत्किएकाले नयाँ बनाउँदा थोरै माथि सार्ने सहमति भए यात्रुले राहत पाउने अवस्था छ ।

यो सडक खोले गोकर्णेश्वर महादेव मन्दिरअघिबाट सवारी दक्षिण ढोका निस्कन सहज हुन्छ। छ वर्षदेखि सुरु भएको जोरपाटीबाट गोकर्ण हुँदै सुन्दरीजल जाने सडक बिस्तार पूरा नभएकाले पनि यात्रु सास्ती खेप्न बाध्य भएका हुन् ।

विसं २०७२ मै ठेक्का भएको सात किमी सडकमा हालसम्म तीन किमीमात्र कालोपत्र भएको छ। काममा ढिलाइ हुँदा हिउँदमा धुलो र वर्षाद्मा हिलाम्य सडकमा यात्रा गर्न यात्रु बाध्य छन्। निर्माण व्यवसायीले एक हप्ता काम गरे एक महिना रोकिने गरेको स्थानीयवासी श्यामकृष्ण सङ्गतले बताए। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ ।

यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासी एवं यात्रुको भनाइ छ। मन्दिर क्षेत्रको जग्गा मिचेर बनाइएको बस्तीलाई पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाले कागज दिएको जनाइएको छ। अव्यवस्थित बस्तीका कारण पनि गोकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ।

पौषकृष्ण औँसीमा तीर्थस्थलमा गई श्राद्ध गरिन्छ। सक्नेले प्रत्येक वर्ष र नसक्नेले जीवनमा एकपटक तीर्थ, गया, विष्णुपादुकामा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गोकर्णसँगै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती, त्रिवेणी, देवघाट, रिडी, बराहक्षेत्र, पशुपतिक्षेत्रलगायत तीर्थस्थलमा पनि श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ। गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भगवान् विष्णुको दाँहिने पाउको चिह्न रहेकाले पनि आजको दिन यहाँ श्राद्ध गर्दा पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ ।

यो विश्वासका आधारमा देशका विभिन्न भागबाट पुसको चिसोको समेत बेवास्ता गर्दै हजारौँ भक्तजन गोकर्णेश्वर पितृतीर्थ धाममा आउने गरेका छन्। यस वर्ष कोरोनाको जोखिम कम भएकाले पनि धेरै भक्तजन आएको हुनसक्ने मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार