श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘वनप्लस १० प्रो’ आगामी साता सार्वजनिक हुँदै, कस्ता होलान् फिचर ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बहुप्रतिक्षित स्मार्टफोन ‘वनप्लस १०’ प्रो यही जनवरी ११ तारिख अर्थात आउँदो मंगलबार विश्वबजारमा सार्वजनिक हुने भएको छ । चिनियाँ समय अनुसार मंगलबार २ बजे यो फोन सार्वजनिक हुनेछ ।

कम्पनीले आफ्नो वेबसाइटमा वनप्लस १० प्रो को टिजर राख्दै यस विषयमा जानकारी दिएको हो । कम्पनीले दिएको जानकारी अनुसार फोनको पछाडि भागमा एउटा फ्ल्याश लाइटसहित तीनवटा क्यामेरा रहने छ ।

कम्पनीका सह-संस्थापक तथा सीईओ पेटे लाउले स्मार्टफोनमा स्पेसिफिकेशन त्यति महत्व नहुने बताउँदै विबोमा आफ्ना फलोअरलाई भनेका छन, ‘उत्कृष्ट कार्यक्षमता आवश्यक पर्छ ।’

यसको अर्थ उनले स्मार्टफोनको थप जानकारी भने दिएका छैनन् । तर, यो फोनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने अपेक्षा छ । त्यस्तै ८० वाटको वायर्ड र ५० वाटको वायरलेस चार्जिङ सिस्टमसहित फोनमा ५५०० एमएएच क्षमताको ब्याट्री रहने अनुमान छ ।

६.७ इन्चको सुपर एमलोड डिस्प्ले रहने चर्चा गरिएको यो फोनका लागि कम्पनीले चिनियाँ बजारमा प्रि-बुकिङ समेत खुला गरिसकेको छ ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार