असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस वागमती प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउनका लागि समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बनाउने र सोमार्फत पार्टीको स्थानीय तहदेखि केन्द्रिय समितिसम्मको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सो समितिले जनाएको छ ।

बैठकले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने र पार्टीको १४औँ महाअधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको समितिका महामन्त्री राजु श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार