श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सूर्यको पूजा, आराधना गरी मनाइयो रविसप्तमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पुसको चिसोमा सूर्यको न्यानो प्राप्त होस् भनी सूर्यदेवको पूजा, आराधना एवं अघ्र्यदान गरी रविसप्तमी पर्व मनाइएको छ । आइतबारका दिन सप्तमी तिथि परेमा सूर्यको पूजा, आराधना एवं अघ्र्यदान गरी रविसप्तमी पर्व मनाउने वैदिक सनातन धर्मावम्बीको विधि छ ।

यस अवसरमा बिहानै उठेर स्नान गरी सूर्यको पूजा आराधना गरेर दिनभर व्रत गरिन्छ । बेलुकी एकछाक मात्र चोखो खाना खाने विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

स्वास्थ्य राम्रो होस् भनी रविसप्तमीका दिन सूर्यको पूजा आराधना एवं अघ्र्यदान गरी कामना गरिने पनि उहाँले जानकारी गराउनुभयो । रविसप्तमी व्रतबाट सुख, शान्ति र समृद्धि प्राप्ति हुन्छ । रविसप्तमीमा सूर्यको पूजा, आराधना एवं अघ्र्यदान गरेमा निरोगिता प्राप्त हुने विश्वाससमेत छ । यस अवसरमा पशुपति क्षेत्रको बागमती किनारस्थित सूर्यघाट क्षेत्रमा पनि श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ ।

पुस महिना सूर्यको पूजा, आराधनाका लागि राम्रो महिना मानिन्छ । यस वर्ष पुस ११ गते आइतबार पनि रविसप्तमी परेको थियो । यस वर्ष पुस महिनामा दुई वटा रविसप्तमी व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार