असार २४, २०८२ मंगलबार July 8, 2025

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गरेका थिए ।

यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो ।

यसबीचमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया