श्रावण ४, २०८२ आइतबार July 20, 2025

आजदेखि नागरिक एपबाटै कोभिड खोपको लागि आवेदन भर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपको नयाँ अपडेट सार्वजनिक भएको छ । नयाँ अपडेटमा कोभिड खोपको लागि आवेदन भर्न सकिने र क्यूआर कोड सहितको खोपकार्ड लिन सकिने फिचर आएको हो ।

बिहीबार रातिदेखि एन्ड्रोइडमा नागरिक एपको अपडेटेड भर्सन १.४.८ आइसकेको छ । आईओएसमा भने अपडेट पठाइसकेको भए पनि रिलिज हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।

नागरिक एपबाट आवेदन दिएको १२ देखि २४ घण्टाभित्र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाबाट स्वीकृत हुने बताइएको छ । त्यसपछि नागरिक एपबाटै पीडीएफमा क्यूआर कोड सहितको कोरोना खोपकार्ड डाउनलोड गर्न सकिनेछ ।

क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स आदि मध्ये आफ्नो परिचय खुल्ने प्रमाण, खोप कार्ड, पासपोर्ट साइजको फोटो लगायतको विवरण खुलाउनुपर्ने हुन्छ ।

तर कोभिड-१९ को भ्याक्सिन कार्डमा स्थानीय तहको नाम, खोप केन्द्रको नाम र छाप प्रष्ट बुझिने नभएमा क्यूआर कोड भेरिफाइ हुँदैन । यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्त आफूले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।

नागरिक एपबाटै आफ्नो क्यूआर कोड सहितको सर्टिफिकेट प्रमाणित भए नभएको  थाहा पाउन समेत सकिन्छ । तर क फर्जी कागजपत्र अपलोड गरेको भेटिएमा कानूनी कारबाही गरिने बताइएको छ।

त्यस्तै नागरिक एपबाट कोभिड खोप लगाउनका लागि अनलाइन आवेदन दिन समेत सकिन्छ । तर फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने हुँदैन ।

उपलब्धताका आधारमा खोप पाइने बताइएको छ । कोभिड-१९ विरुद्ध कुनै पनि खोप नलगाएका, तर खोप लगाउन इच्छुक १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले यो फारम स्वैच्छिक रुपमा भर्न सक्नेछन् ।

फारममा आफ्नो पूरा नाम, पूरा ठेगाना, जन्म मिति, पेशा, स्वास्थ्य अवस्था, मोबाइल नम्बर र परिचय पत्र नम्बर (नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचय पत्र, पासपोर्ट, अपाङ्गता परिचय पत्र, जन्म दर्ता) आदि खुलाउनुपर्ने हुन्छ ।

यसरी फारम भर्दा तपाईंले कुन केन्द्रमा खोप लगाउने भन्ने सूचना प्राप्त गर्न सकिन्छ । साथै यो आवेदन फारमबाट प्राप्त भएको विवरण स्थानीय तह स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन कार्यमा प्रयोग गरिने छ ।

यसका साथै सवारी साधन नवीकरणका लागि नागरिक एपमा भुक्तानी सेवाप्रदायकलाई आवद्ध गराउने काम समेत भइसकेको छ । तर बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ढिलाई गर्दा नागरिक एपमा उक्त सेवा उपलब्ध हुन सकेको छैन ।

अनलाइन आवेदन दिने र क्यूआर कोड सहितको कोभिड खोपकार्ड कसरी लिने ?

यसका लागि गुगल प्ले स्टोरमा अथवा आईओएस एप स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुहोस् । तर यस अघि नै एप डाउनलोड गरिसक्नु भएको छ भने प्ले स्टोरमा गएर त्यसलाई अपडेट गर्नुहोस् ।

आईओएसका लागि भने यो भर्सनको अपडेट केही दिनमा उपलब्ध हुनेछ । यदि प्ले स्टोरमा त्यसको अपडेट देखिएन भने फोनको सेटिङ हुँदै एप्समा गएर गुगल प्ले स्टोरको क्याश क्लियर गरी पुनः प्ले स्टोरमा गएर अपडेट गर्नुहोस् ।

एप १.४.८ भर्सनमा अपडेट भइसकेपछि त्यहाँ तपाईँले ‘कोभिड भ्याक्सिनेस’ अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाएर भित्र गइसकेपछि अनलाइन आवेदनका लागि प्रि रजिस्ट्रेसन तथा क्यूआर कोड सहितको खोपकार्डका लागि भेरिफिकेसन अप्सनमा गएर तल दायाँ कुनामा रहेको प्लस आइकन थिच्नुहोस् र आवेदन भर्नुहोस् । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार