श्रावण ४, २०८२ आइतबार July 20, 2025

राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एसएमएसबाट नम्बर पाउने सुविधा सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हालै औपचारिक रुपमा यो सेवा सञ्चालनमा ल्याएको हो ।

ई-पासपोर्टका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र अब क्रमशः अन्य सेवामा समेत अनिवार्य गरिँदैछ । यस्तोमा तपाईंले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नुभएको छ र राष्ट्रिय परिचयपत्र नम्बर पाउनुभएको छैन भने त्यसका लागि एसएमएस सेवा लिन सक्नुहुन्छ ।

यस अन्तर्गत मोबाइलको म्यासेज बक्समा गई N<स्पेस> १६ अङ्कको आवेदन नम्बर टाइप गरी ३०००१ मा म्यासेज गर्नुपर्नेछ । उदाहरणका लागि कसैको आवेदन नम्बर 1234567891234567 छ भने N 1234567891234567 टाइप गरी ३०००१ मा म्यासेज गर्नुपर्ने हुन्छ ।

म्यासेज गरे पश्चात पनि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभएमा विभागले ह्वाट्सएपमार्फत सम्पर्क गर्ने व्यवस्था समेत मिलाएको छ । त्यसका लागि ह्वाट्सएपमा गएर बागमती र गण्डकी प्रदेशका नागरिकले ९८५१३१६०३४ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले ९८५१३१६०३५ मा आफ्नो कन्फर्मेसन पेज, रसिद वा म्यासेजको रेस्पोन्सको स्क्रिन शट लिएर पठाउनु पर्नेछ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार