श्रावण ४, २०८२ आइतबार July 20, 2025

फेसबुकमा अनफ्रेन्ड गरेको कसरी पत्ता लगाउने ? यस्तो छ थाहा पाउने तरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फेसबुक निकै लोकप्रिय सामाजिक सञ्जाल हो ।  तपाईं हामी सबैले दैनिक जीवनमा यसको प्रयोग गर्दै आएका छौँ । यही एपबाट दुनियाँभरका मान्छेसँग साथी बन्न सक्छौँ । तपाईंलाई चित्त नबुझेको मान्छेलाई ब्लक वा अनफ्रेन्ड पनि गर्न सक्नुहुन्छ । अर्थात साथीको सूचीबाट कसैलाई हटाउन पनि सक्नुहुन्छ।

तपाईंलाई पनि त्यस्तै कसैले अनफ्रेन्ड गरेको हुन सक्छ । फेसबुकले यो व्यक्तिले अनफ्रेन्ड गर्‍यो वा ब्लक गरेको छ भनेर कुनै नोटिफिकेसन भने दिँदैन ।  त्यसका लागि तपाईंले उक्त व्यक्तिको प्रोफाइल हेरेर साथी भए नभएको हेर्न भने सक्नुहुन्छ ।

तर विभिन्न थर्ड -पार्टी एप वा एक्स्टेन्सनहरू उपलब्ध छन् । जसको सहयोगमा तपाईंले आफूलाई ककसले अनफ्रेन्ड गरे वा ब्लक गरे भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । आज यहाँ हामी त्यस्तै एप र एक्स्टेन्सनको विषयमा चर्चा गर्दैछौँ ।

‘हु डिलिटेड मि (Who Deleted Me), ‘हु अनफ्रेन्डेड मी’ (Who  Unfriended Me) लगायतका थुप्रै एपहरू छन् ।  आज हामी यहाँ चाहिँ ‘हु अन्फ्रेन्डेड मी’ (who  unfriended  me) एपको बारेमा चर्चा गर्दैछौँ ।

एप मार्फत : 

 ‘हु अनफ्रेन्डेड मी (Who  Unfriended Me) नामक एपको सहयोगमा तपाईंले आफूलाई अनफ्रेन्ड गर्ने मान्छेको विषयमा थाहा पाउन सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिल‍ा गुगल प्ले स्टोरमा गएर यो एप डाउनलोड गर्नुहोस् ।

एप डाउनलोड गरिसकेपछि तपाईंले एपमार्फत फेसबुक लग ईन गर्नुपर्ने हुन्छ । यसमा कसैले डिएक्टिभेट गरेको, ब्लक गरेको, अनफ्रेण्ड गरेको , रिएक्टिभेट गरेको र अनफ्रेन्ड गरेर पुन फ्रेन्ड बनेको सबै जानकारी पाउन सक्नुहुन्छ ।

त्यति गरिसकेपछि एपले तपाईंको फेसबुक फ्रेन्ड्स लिस्ट हेर्छ ।  त्यसपछि कसैले अनफ्रेन्ड गरेमा वा ब्लक गरेमा उक्त व्यक्तिको प्रोफाइलसहितको  नोटिफिकेसन पनि दिन्छ।

यो एपले इन्स्टल हुनु अघिको डेटा भने देखाउँदैन ।  एप इन्स्टल गरिसकेपछिको मात्र जानकारी दिन्छ ।

एक्स्टेन्सन मार्फत : 

यसका लागि क्रोम, फायरफक्स र ओपेरा ब्राउजरमा वेब स्टोर बाट  ‘हु डिलिटेड मी’ (Who Deleted Me) एक्सटेन्सन एड गर्न सकिन्छ । यस बाहेक तपाईंले आईओएस वा एन्ड्रोइडमा सोझै एप डाउनलोड गरेर पनि प्रयोग गर्न सक्नुहुन्छ ।

 

यसले पनि एक्सटेन्सन इनेबल गरेपछिको मात्र जानकारी दिन्छ ।  इनेबल गर्नुभन्दा अघिको जानकारी भने पाउन सकिँदैन ।

एक्सटेन्सन इनेबल गरेपछि तपाईंले कसले अनफ्रेन्ड गर्‍यो, कसले डिएक्टिभेट गर्‍यो, तपाईंले कसलाई अनफ्रेन्ड गर्नुभयो आदि सहजै थाहा पाउन र हेर्न सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार