श्रावण ५, २०८२ सोमबार July 21, 2025

४ सय ७० स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचनको मिति तय भएसँगै ४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ८३ स्थानीय तहका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएकोमा यसपटक एकै चरणमा हुने भएको छ । यसले गर्दा २०७४ साल वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणबाट निर्वाचित वागमती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनेछन्।

२०७४ साल असार १४ गते दोस्रो चरणको निर्वाचन भएका प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तह र असोज २ मा तेस्रो चरणको निर्वाचन भएको मधेस प्रदेशका १ सय ३६ पालिका जनप्रतिनिधि ६ महिना अगावै पदमुक्त हुनेछन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ लाई टेकेर निर्वाचन आयोगले जेठ ५ गते जनप्रतिनिधिको पाँच वर्षको पदावधि सकिने निर्णय गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सो ऐन २०७३ को दफा ४ मा सरकारले दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन गर्न सक्ने भए पनि पहिलो चरणको मितिलाई निर्वाचन सम्पन्न भएको मानिने भनेको छ ।

यसै तर्कको आधारमा आयोगको सिफारिसबमोजिम सरकारले जनप्रतिनिधिको पाँच वर्षको पदावधि सकिने पाँच दिन अगावै निर्वाचनको मिति घोषणा गरेको थियो ।- नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज
२०८२ श्रावण ५, सोमबार
पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छः देउवा
२०८२ श्रावण ५, सोमबार
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार