काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले पार्टीको अनुशासन समितिको संयोजकमा वरिष्ठ नेता नवराज सुवेदीलाई नियुक्त गरेको छ ।
राप्रपाको आज काठमाडौँमा बसेको पदाधिकारी बैठकले स्थानीय तह परिचालन गर्ने सम्बन्धमा तयार गरिएको कार्यपत्रमाथि पनि छलफल भएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।
बैठकमा महामन्त्री गुरुङले सम्पन्न हुन बाँकी भएका सबै प्रदेशमा फागुन १५ गतेसम्म विस्तारित बैठक र आमसभा सम्पन्न गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।
यसैगरी बैठकले फागुन ११ गते पार्टी केन्द्रीय कार्य समितिको बैठक काठमाडौँमा बस्ने निर्णय गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया