श्रावण ५, २०८२ सोमबार July 21, 2025

शेखरको प्रस्ताव: एमसीसी अघि बढाऔं, चुनावमा एक्लै भिडौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोइरालाले गाउँदेखि सहरसम्म सबै स्थानीय तहमा लोकप्रिय, क्षमतावान्, इमानदार र पार्टीमा योगदान पु¥याएका व्यक्तिलाई बिनाभेदभाव, न्यायोचित र पूर्वाग्रह रहित तरिकाले उम्मेदवार बनाउन पनि सभापति देउवासँग आग्रह गरे ।

यसैगरी, पछिल्लो समय चर्चामा रहेको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि कांग्रेस गम्भीर बन्नुपर्ने भनेका छन् ।

‘एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित रहेन, यो विषय निकै माथि उठिसक्यो, यसप्रति हामी निकै गम्भीर बन्नुपर्ने परिस्थिति छ, यो परियोजनासँगै हाम्रो कूटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्छ,’ कोइरालाले बैठकमा धारणा राख्दै भने ।

उनले एमसीसीको विषयलाई सस्तो लोकप्रियताका लागि भइरहेको राजनीति भन्दै सो परियोजनालाई सम्भव भए राजनीति दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत अघि बढाइनुपर्नेमा जोड दिए ।

‘यदि एमसीसी’bout गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने देख्दै छु,’ बैठकमा धारणा राख्दै उनले भने ।

पार्टीका हरेक संरचनालाई बिना भेदभाव र पूर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रक्रियाबमोजिम पूर्णता दिन पनि कोइरालाले बैठकमार्फत माग गरेका छन् ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज
२०८२ श्रावण ५, सोमबार
पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छः देउवा
२०८२ श्रावण ५, सोमबार
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार