असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेश १ को नामाकरण आज टुंग्याउन सर्वदलीय बैठक, के होला नाम ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुलुकका अन्य ६ प्रदेशको नामाकारण सम्पन्न भइसकेपछि प्रदेश १ ले पनि नामाकरणका बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सहभागी हुनेछन् ।

प्रदेशसभा गठन भएको चार वर्ष वितिसक्दा पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बाेधन गरेर प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रदेश १ को नामाकरण हुन सकेको थिएन ।

नेकपा एमालेका सांसद शेरधन राई नेतृत्वको सरकारले पटक-पटक नामाकरणका बारेमा छलफल गरे पनि निष्कर्ष दिन नसकेको विषयलाई सोही पार्टीबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राई नेतृत्वको सरकारले सर्वदलीय बैठकबाट सहमति गरेर नामाकरणको निष्कर्ष निकाल्ने प्रयास गरेको हो ।

लिम्बुवान, सगरमाथा, कोशीलगायतका नाम सांसदले औपचारिक वा अनौपचारिक रुपमा प्रस्तुत गरे पनि राजनीतिक दलबीच सहमति हुन नसकेको बेला सर्वदलीय बैठकमार्फत नाम टुंगोमा पुर्‍याउन लागिएको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार