काठमाण्डौंः प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। सरकारको आग्रहमा आज १ बजेका लागि बोलाइएको संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको हाे।
यसअघि बिहीबार बोलाइएको बैठक पनि सरकारको आग्रहमा स्थगित गरिएको थियो। आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्ने कार्यसूची थियो।
प्रतिक्रिया