असार २५, २०८२ बुधबार July 9, 2025

उपसभामुख माग्दै नेकपासँग कटौरा थाप्नु मनासिव होइन : कांग्रेस नेता गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सभामुख सत्ता र प्रतिपक्ष दुवैको नहुने बताएका छन्।

उपसभामुखका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको समचार सार्वजनिक भएपछि नेता गुरुङले उपसभामुखका लागि नेकपासँग कटौरा थाप्नु मनासिव नभएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

‘संविधान बमोजिम सभामुख-उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्छ। सभामुख/उपसभामुख सत्तापक्ष र प्रतिपक्षको हुँदैन भन्ने मान्यता पनि छ’, गुरुङले ट्विटमा लेखेका छन्, ‘तर, यतिखेर उपसभामुख पदका लागि कटौरा थाप्नु मनासिव हो जस्तो लाग्दैन। शीर्ष नेतृत्वको जो मर्जी’

उपसभामुखमा आकांक्षा राख्दै कांग्रेसले सभामुखमा उम्मेदवारी समेत दिएको छैन। सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार