श्रावण ३, २०८२ शनिबार July 19, 2025

विप्लवका साधारण सदस्यद्धारा प्रसासन समक्ष आत्मसमर्पण, लगत्तै रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा आत्मसमर्पण गरेका छन् ।

बाग्लुङ नगरपालिका-४ का ४५ वर्षीय सापकोटाले बुधबार चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउदै आत्मसमर्पण गरेको हो ।

बाग्लुङ जिल्ला प्रसासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधि लगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गरेका हुन्  ।

सापकोटाद्धारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानुनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा उनलाई गएको पुस १७ गते प्रहरीले घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

आत्मसमर्पणसँगै सापकोटा १० रुपैयाँ हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया