असार २४, २०८२ मंगलबार July 8, 2025

बागमती प्रदेशसभामा एमाले अवरोध हट्यो : ३ वटा संशोधनका लागि पेश, २ वटा विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको दोस्रो बैठक ३ः४५ बस्ने गरी पहिलो बैठक स्थगित गरेका हुन् ।

आज बसेको प्रदेशसभाको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएका मागहरुको बारेमा जवाफ दिएका थिए । विगत करिव ३ महिनादेखि सदनमा अवरोध गर्दै आएको एमालेले उनको जवाफ पछि भने सदन चल्न दिएको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा ३ वटा ऐन संशोधनका विधेयकहरु पेश भएका छन् भने २ वटा विधेयक पारित भएको छ । त्यस्तै एउटा विद्येयक संसद्मा पेश भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले केही प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनका लागि सदनमा पेश गरेका छन् । उनले संशोधनका लागि पेश गरेको विधेयकहरु सम्बन्धित समितिहरुमा दफावार छलफलका लागि पठाइएको छ ।

त्यस्तै मन्त्री खनालले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सदनमा पेश गरेका छन् । उनले पेश गरेको सो विद्येयक माथि सदनमा छलफल हुनेछ ।

त्यस्तै प्रदेशसभाको बैठकले २ वटा विधेयक पारित गरेको छ । बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो ।

बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रस्तुत गरेका थिए भने सम्बन्धित समितिको प्रतिवेदनसहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए । पारित भएका दुवै विधेयकहरु अब ऐन बन्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार