असार २४, २०८२ मंगलबार July 8, 2025

परिवार नियोजनको किटमा रबरको लिंग राखिएपछि हंगामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः स्थानीय स्वास्थ्यकर्मीले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिंग राखिएको विषयलाई लिएर भारतको पश्चिमी राज्य महाराष्ट्रमा विवाद चर्किएको छ ।

रबर मोडलका कारण किट बोक्ने महिला स्वास्थ्य कार्यकर्ता अफ्ठ्यारोमा परेको विपक्षी सांसदहरुले तर्क गरेका छन् । तर, सोही मोडल यसअघि पनि झन्झटबिना नै प्रयोग गरेको केही कार्यकर्ताहरुले बताएका छन् ।

किटमा रबरको पाठेघर पनि समावेश छ । तर, यसलाई लिएर कुनै विवाद गरेको देखिदैन् । भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रममका महत्वपूर्ण हिस्सेदार ठहरिएका मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता (आशा) लाई किट प्रदान गरिएको थियो ।

उनीहरुले प्रजनन स्वास्थ्यबारे घर घरमा मानिसहरुलाई शिक्षित गर्नेदेखि परिवार नियोजनका साधनहरुको प्रयोगबारे चेतना फैलाउनेलगायतका काम गर्छन् । यसका लागि सामान्यतया संवेदनशीलता चाहिन्छ, किनकी  अझै पनि भारतका धेरै भागहरूमा सेक्सलाई एउटा सामाजिक कलंंकको रुपमा हेर्ने गरिन्छ ।

महाराष्ट्रमा लिंग मोडलका परिवार नियोजनका करीब २५ हजार किट स्वास्थ्यकर्मी र ग्रामिण स्वास्थ्य केन्द्रमा वितरण गरिएको सो राज्यको स्वास्थ्य विभागकी डा. अर्चना पटिलले जानाकारी दिइन् ।

एउटा जिल्ला बुल्दानबाट नकरात्मक प्रतिकृया आएको उनले बताइन् । प्रजनन स्वास्थ्यबारे बोल्न अन्कनाउने मानिसहरुकका अगाडि पेनिस र गर्भासयको मोडल बोक्नु लाजमर्दो भएको केही कार्यकर्ताले बताएका छन् । तर, त्यो आफ्नो रोजगारीको अंश भएको उनीहरु बताउँछन् ।

अवधारणाहरू व्याख्या गर्न आफूहरुलाई खासै समस्या नभएको बताउँछन् । तर, उनीहरुमध्ये कोहीले पनि आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । सो मोडल प्रयोग गर्न कसैलाई पनि बाध्य नपारिएको डा. पटिल बताउँछिन् ।

‘ स्वास्थ्यकर्मीहरूलाई यी मुद्दाहरूको बारेमा खुलेर बोल्न अप्ठ्यारो लाग्छ भने कसरी काम हुन्छ?’  उनले भने ।
तर, भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध सांसदहरुले भने त्यसको विरोध गरेका छन् । सो राज्यमा भने भाजपा प्रतिपक्षमा छ ।

बुल्दानबाट प्रतिनिधित्व गर्ने भाजपा सांसद आकाश फुन्दकरले ती किट फिर्ता लिएर स्वास्थ्यकर्मीसँग माफी माग्नुपर्ने माग गरेका छन् ।

राज्यका भाजपा पार्टी उपाध्यक्ष चित्रा वागले सरकारले ‘यौन भोग’ प्रबद्र्धन गरेको आरोप लगाए । तर, महाराष्ट्र सरकारको गठबन्धनमध्येको एक शिव सेना पार्टीका सांसदहरुले भने टिप्पणी गरिसकेका छैनन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार