असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेस र एमालेले दुई थरी चुनावी घोषणापत्र बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय र स्थानीय दुबै तहबाट चुनावी घोषणापत्र जारी गर्ने भएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रबाट चुनावी घोषणापत्र र स्थानीय तहले प्रतिवद्धतापत्र लिएर निर्वाचनमा होमिने निर्णय गरे लगत्तै कांग्रेसले पनि दुई थरी चुनावी घोषणापत्र जारी गर्न लागेको हो ।

एमाले केन्द्रीय कमिटी बैठकले ‘पार्टीको केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को आकांक्षा पूरा गर्न राष्ट्रिय स्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणापत्र सार्वजनिक गर्ने’ निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालयबाट चुनावी घोषणा पत्र बनाउने जनाए पनि स्थानीय तहले अलग्गै प्रतिवद्धतापत्र बनाउनु पर्ने निर्णय पनि उक्त बैठकले गरिसकेको छ । ‘केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर स्थानीय तहमा हाम्रा उपलब्धी, हामी पराजित भएका ठाउँमा बिगतमा हामीले गरेको प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेको कारण त्यसमा आएको अवरोधसमेतलाई समेटेर आगामी लक्ष्य र कार्ययोजनासहितका प्रतिबद्धता पत्र तयार गर्ने’ निर्णयमा उल्लेख छ ।

केन्द्रीय घोषणापत्र निमार्णका लागि एमालेले उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रभु साह, देवेन्द्र दाहाल, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली, मनोजजंग थापालगायतको घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ ।

यसैगरी, कांग्रेसले चुनावी घोषणापत्र निमार्णका लागि महामन्त्री गगन थापालाई संयोजक तोकिसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको ३ फागुनको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई ‘स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समिति’को संयोजक तोकेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी प्रवक्ता प्रकाशरण महतले केन्द्रमा तयारी समितिले घोषणापत्रका लागि काम गर्न सुरु गरे पनि स्थानीय तहलाई पनि आफ्नै अलग्गै घोषणापत्र बनाउन निर्देशन दिएको बताए । ‘स्थानीय तहले पनि केन्द्रको नीति र कार्यक्रमसँग नबाझिने गरी आवाश्यता अनुसार अलग्गै चुनावी घोषणापत्र बनाउन निर्देशन दिइसकेका छौं,’ प्रवक्ता महतले सञ्चारकर्मीलाई बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार