श्रावण ७, २०८२ बुधबार July 23, 2025

‘गण्डकी प्रदेशको धार्मिक पर्यटन समृद्धिको मुख्य आधार’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको धार्मिक पर्यटन समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले प्रदेशमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गरी धार्मिक विकास गरिने बताउनुभयो ।

आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै त्यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताउनुभयो ।

हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरूको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबिच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदी मात्र नभएर सभ्यता समेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको बताउनुभयो ।

ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार