असार २४, २०८२ मंगलबार July 8, 2025

अबको निर्वाचन राजनीतिक पार्टीहरूका लागी ठूलो अग्नि परीक्षा हो : सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सभामुख अग्निप्रसाद सापकोटाले अबको निर्वाचन सबै राजनीतिक पार्टीका लागी ठूलो अग्नि परीक्षा हुने बताएका छन् । निर्वाचन भनेको सामान्य टिकट ढ्वाङमा खसाल्ने मात्रै नभएर ठूलो जनमत सङ्ग्रह र अग्रगमनको पक्षमा भएको सापकोटाको भनाइ छ ।

सोमबार चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले निर्वाचनबाट सक्षम, इमान्दार, जीवन जगतलाई परिवर्तन गर्न सक्ने प्रतिनिधि छान्न सक्नुपर्ने बताए । जस्तोसुकै कठिनाइमा सामान गर्ने सामर्थे भएको प्रतिनिधि छान्न आग्रहसमेत गरे ।

यस्तै सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेको बताए । केही प्रतिगामी पक्षको लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने सापकोटाले बताए । आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने उनले बताए ।

आफ्नै गाउँको सेतीदेवी पञ्चकन्या माद्यामिक विद्यालयको अभिभावक भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएकोले अलोकतान्त्रिक पक्षहरू छिटै परास्त हुने बताएका हुन् ।

यस्तै सभामुख सापकोटाले आजै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने तिप्लीङ खोलाको पुलसमेत उद्घाटन गरेका छन् । २ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो पुल आज उद्घाटन गरिएको हो ।

पुल निर्माण भएपछि जिल्ला सदरमुकाम चौताराबाट कुविण्डे हुँदै बलेफी जाने यात्रुलाई सहज हुनेछ भने कुविण्डेका किसानलाई घर र खेत ओहोरदोहोर गर्नसमेत सजिलो हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार