असार २५, २०८२ बुधबार July 9, 2025

तटस्थ भएर संसदको गरिमा कायम राख्छु : सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटाले संसदको ओज गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन् ।

सभामुख निर्वाचित भएपछि पत्रकारसँग स‌ंक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले लोकतन्त्रको मूल्य मान्यता कायम राख्न आफू इमान्दार भएर लाग्ने बताएका छन ।
आइतबार प्रतिनिधिसभामा नेपाली कँंग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गर्न सापकोटालाई शुभकामना दिएका थिए । जवाफमा उनले तटस्थ भएर संसदको गरिमा कायम राख्ने प्रतिवद्धता जनाएका हुन् ।

‘लोकतन्त्रको मूल्यमान्यता, आदर्शलाई कायम गर्ने गरी नेपाली जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित, भूमिका ‘निर्वाह गर्नका लागि म सँधैभरी दत्तचित्त भएर रहन्छु । इमानदारितापूर्वक लाग्छु’ सापकोटाले भने ।

सभामुखमा अर्को उम्मेदवार नउठाएकामा प्रमुख विपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टीलगायतलाई पनि धन्यवाद दिएका छन ।

‘नेपाल कम्युनिस्ट पार्टीले सभामुखका लागि अगाडि बढायो । त्यसैगरी नेपाली कांग्रेस, राजपा, समाजवादी लगायत सबै पार्टीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । किनभने यसले निकै राम्रो संदेश गएको छ’ उनले भने ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निवार्चित गरेको हो । नेकपाका उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार