श्रावण ७, २०८२ बुधबार July 23, 2025

मिथिलाञ्चल सहित तराई मधेसमा आज चैते छठ पर्व मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मिथिलाञ्चल सहित तराई मधेसका जिल्लाहरूमा आज चैते छठ नियम निष्ठा तथा श्रद्धापूर्वक मनाइँदै छ ।

मङ्गलवारदेखि नहाखाय गरेर शुरु भएको चैत छठ पर्व अन्तर्गत बुधवार खरना तथा आज उदाउँदो सूर्यलाई प्रथम अर्घ दिने कार्यक्रम रहेको छ । अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भोलि शुक्रवार बिहान उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि चैते छठ पर्वको सम्पन्न हुनेछ ।

वर्षको दुई पटक सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको विधि तथा प्रक्रिया समान किसिमको रहेको छ । कार्तिकमा मनाइने छठ पर्व मनाउनेको सङ्ख्या अत्यधिक भएपनि चैती छठ पर्व गर्नेहरूको सङ्ख्या न्यून भएपनि अहिले आएर बढ्न थालेको छ ।

चार दिनसम्म विधि विधान पूर्वक मनाइने यो पर्व परिवारको सुख शान्ति तथा समृद्धिको कामना सहित सन्तान प्राप्ति तथा छाला जन्य रोगबाट मुक्ति मिल्ने विश्वासका साथ मनाइन्छ ।

चैते छठको अर्घमा मुला, उखु, भण्टा, ठकुवा, भुसवा ,केरा, नरिवल, खाजा, मिष्ठान्न सहितका प्रसाद सामग्रीहरु सूर्यको उपासना गर्दै अर्पण गर्ने गरिन्छ । सन्ध्या अर्घ पश्चात् रात भरि व्रतालुहरू जागरण बसी भोलि पल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई पुनः दोस्रो पटक अर्घ दिई पर्वको समापन गर्ने चलन छ । त्यस दिन प्रतिले ४८ भण्डा पछि व्रत तोडेर परना गर्ने अर्थात् खाना खाने गर्दछन् ।

जनकपुरको गंगासागर, अंर्गजा सागर, धनुष सागर, रत्नसागर, अग्निकुण्ड सहितका विभिन्न जलाशयहरूमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरुको घुइँचो आज साँझ तथा भोलि बिहान रहने गरेका छन् । सबै घाटहरूको सरसफाइ तथा सरसजावट गर्ने काम छठ पूजा समितिहरूले गरेका छन् ।

प्रकृतिको पूजा तथा संरक्षण गर्ने पर्वको रुपमा रहेको चैते छठ पर्वले मानव र प्रकृति बीचको सम्बन्धलाई उजागर गर्ने गरेका छन् । गृष्म ऋतु तथा शरद रितुमा गरेर दुई पटक मनाइने छठ पर्वको गृष्म ऋतुको पर्वलाई निक्कै कठोर मान्ने गरिन्छ । गर्मी अत्यधिक हुने भएकाले जल पनि सेवन नगरेर मनाइने भएकाले कठोर मानिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार