श्रावण ७, २०८२ बुधबार July 23, 2025

पाशुपत क्षेत्रमा शुक्रबारदेखि तीन दिन हरसिद्धिको नाच प्रस्तुत गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ ।

श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले आज जयवागेश्वरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी गराइएको छ । जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण आउने जानकारी गराइएको छ । देवगणलाई चावहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलीप वैद्यले जानकारी दिनुभयो ।

हरसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो । विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताउनुभयो । अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो ।

जसलाई राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको हो । विसं २०६६ अघि पनि करिब आधा शताब्दी जात्रा लोप भएको थियो । हरसिद्धिका स्थानीयवासी धर्मगोविन्द महर्जन पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका स्थानीयवासीबीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुहुन्छ । तीनै वटा पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु भएको हो ।

जात्रा सुरु भएको इतिहासअनुसार करिब दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटक परम्परा रहेको पुष्टि हुने पनि संस्कृतिविद् वैद्यले बताउनुभयो । जात्रा चैत २५ गते पशुपति आई २७ गते बिदा हुने जनाइएको छ । जात्राका लागि रु २० लाख बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आवश्यक बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार